पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – निर्मला पन्तको हत्याको छानबिनमा सरकारको उदासिनका कारण सदनमा चर्को आलोचना भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभएको छ ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्न बुधबार महेन्द्रनगर पुग्नुभएका मिश्रले निर्मलाको परिवारसँग भेटघाटका क्रममा निर्मला पन्तको हत्याको छानबिनमा सरकारले चासो नदेखाएको बताउनुभएको हो ।
घटनाको पछिल्लो अवस्थाका बारेमा परिवारसँग जानकारी लिएपछि संयोजक मिश्रले निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको बताउनुभयो । उहाँले सत्य र न्यायको लडाईँमा कमजोर बन्न नहुने भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
‘निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको छ’, मिश्रले भन्नुभयो ‘त्यसैले नै अहिले संसददेखि सडकसम्म सरकारको आलोचना भएको छ ।’
मिश्रलाई घटनाका बारेमा बताउँदै गर्दा निर्मलाका बुबाको गला अवरुद्ध भयो । उहाँले आँसु थाम्न सक्नुभएन ।
‘हामीले पैसा, नोकरी वा अन्य कुनै भौतिक कुरा मागेका छैनौँ’ निर्मलाका बुवाले भन्नुभयो, ‘सरकारसँग छोरीको हत्यारा पत्ता लगाउन भनेका छाँ । छोरीको न्याय मागेका छौँ ।’
घटनाको लामो समय बितिसक्दा पनि अहिलेसम्म न्याय नमिल्नु दुखद् भएको बताउँदै मिश्रले परिवारलाई धैर्य गर्न आग्रह गर्नुभयो ।
‘निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?’, प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै मिश्रले भन्नुभयो ‘अनुसन्धानका लागि १२ वर्ष होइन २४ वर्ष नै लाग्ला । तर, देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति कत्तिको जायज हो ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।