सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ : बाइडेन

 कात्तिक २८, २०७९ सोमबार ६:३४:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताउनुभएको छ । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन लागेको हो ।

बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुन लागेको हो । अमेरिकामा केही दिनअघि भएको मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने तेस्रो कार्यकाल चीनको राष्ट्रपति सम्हाल्नुभएका सी देशमा थप शक्तिसम्पन्न बन्नुभएको छ ।

अहिले शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस–युक्रेन मामिलामा विवाद रहेको छ ।

जी–२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताउनुभयो।

उत्तर कोरियाले छिट्टै साताैँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया