भक्तपुरमा ट्याङ्करसँग मोटरसाइकल ठाेक्किँदा एक युवककाे ज्यान गयाे

 कात्तिक २९, २०७९ मंगलबार ७:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । वाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल र बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर ठोक्किएर दुर्घटना भएको थियो ।

ज्यान गुमाउने साजन मोटरसाइकलका चालक हुन् । मोटरसाइकलमा रहेका झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्ने २३ वर्षका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याङ्करका चालक भक्तपुरको ब्यासीका २८ वर्षका प्रविण सुवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया