भोट हाल्नको लागि काठमाण्डौबाट गाउँ फर्कनेको घुइँचो

 मंसिर ३, २०७९ शनिबार ७:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाण्डौबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ । कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाण्डौबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटकाे व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड छ ।

उम्मेदवारले नै बस रिजर्भ गरेर लैजाने व्यवस्था मिलाएका र आफू परिवारसँगै भोट खसाल्न जान लागेको काठमाण्डौको बालुवाटार बस्दै आएकी बर्दिया मधुवनकी हरिकला चौधरीले बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर पछिल्लो तीन दिनमा झण्डै दुई लाख जना बाहिरिएका छन् ।

आज बेलुकासम्म नै काठमाण्डौ छाड्नेको सङ्ख्या थप बढ्ने अनुमान छ । हिजोदेखि मतदानस्थल रहेका शिक्षण संस्था बन्द भएका र आज शनिवार तथा भोलि र पर्सि सरकारले सार्वजनिक बिदा दिएका कारण भोट खसाल्न जानेहरु बढेका छन् ।

यसपालि दशैँ, तिहार र छठ मनाउन गाउँघर गएका कतिपय चुनावका कारण काठमाण्डौ फर्किएका छैनन् । चुनावका लागि मात्रै झण्डै पाँच लाख यात्रु काठमाण्डौबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

भोलि भोट हाल्ने दिन अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने निर्वाचन आयोगले जानकारी गराइसकेको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया