खोटाङको  एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

 मंसिर ३, २०७९ शनिबार १५:२७:४७ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो ।

यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी  सविता ढकाल, हलेसी तुवाचुङ नगरपालिकाकी  देवी राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका  सिता यादवलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यसैगरी,  जिल्ला अदालतकी सरस्वती दाहाललाई सहयोगीका रुपमा खटाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया