भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो ।
यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी सविता ढकाल, हलेसी तुवाचुङ नगरपालिकाकी देवी राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सिता यादवलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यसैगरी, जिल्ला अदालतकी सरस्वती दाहाललाई सहयोगीका रुपमा खटाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।