दाङ : तुलसीपुर-१० काे मावि पातुवनगाउँ केन्द्र 'ग' मा मतदान स्थगित

 मंसिर ४, २०७९ आइतबार १२:१०:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका-१० को पातुवनगाउँ माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र अन्तर्गत 'ग' काे मतदान रोकिएको छ । क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुवनगाउँ केन्द्रको मतदानस्थल  'ग' मा  मतदान स्थगित भएकाे हाे।

पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रिएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै परेको मतदान अधिकृत पुष्पलता घर्तीले बताउनुभयो ।  

४२ जनाले मत खसालिसकेपछि यसबारे थाहा पाएकाे हाे । यस विषयमा थप छलफल भइरहेको घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया