विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – आज आइतवार प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा देशभर उत्साहजनकरूपमा मतदान भइरहेकाे छ ।
गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले दिउँसाे २ बजे सम्ममा प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको छ । उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो ।
यसैबीच चुनावमा वृद्धवृद्धा, अशक्त, किरियापुत्री लगायतले पनि उत्साहजनकरूपमा मतदान गरिरहेका छन् ।
तस्बिरहरू–
मालिकार्जुन गाउँपालिका–८ शङ्बकरपुर माध्यमिक विद्यालय पस्ती ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै १०५ वर्षीय रघुवर पन्त । तस्बिर : गणेशसिंह धामी/रासस
कैलाली निर्वाचन क्षेत्र नं ५ को वासुदेवी उच्च माद्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि वैशाखीको सहारामा आउनुभएकी अशक्त र वृद्धा ७८ वर्षीया कलावती पाण्डेय । तस्बिर : सिद्धराज भट्ट/रासस
भोजपुर नगरपालिका–८ को सरस्वती आधारभूत विद्यालय पोखरे केन्द्रमा ९४ वर्षीया ललितमाया कार्कीले पहिलो मतदान गर्नुभयो । तस्बिर : निरोज कोइराला/रासस
मेलम्ची नगरपालिका–२ को जाल्पादेवी मतदात केन्द्र जैसीगाउँमा ९४ वर्षका रूद्रनारायण चौलागाईं मतदान गर्दै । तस्बिर : किरण थापा/रासस
९४ वर्षीया ललितमाया कार्की मतदान गर्नुहुँदै । तस्बिर : निरोज कोइराला/रासस
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ काे कालिका माध्यमिक विद्यालय सुन्दरपानी मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री कर्णबहादुर सिंह । तस्बिर राजु लामिछाने
तनहुँकाे आँबुखैरेनीमा क्रियापुत्रीद्वारा मतदान । तस्बिर : डीपी अधिकारी
रामेछापकाे मन्थली नगरपालिका–९ पुराना गाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री नीलकण्ठ पुरी र प्रकाश पुरी । तस्बिर : दीपक भट्ट/उज्यालाे
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारकाे शुक्र आधारभूत विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै किरियापुत्री कृष्णबहादुर घर्ती । तस्बिर : कृष्ण न्यौपाने/रासस
पूर्वी नवलपरासीको कावासोती–६ विष्णुनगरकाे जनता माध्यामिक विद्यालय मतदान केन्द्रमा अशक्त व्यक्ति मतदान गरेर घर फर्किँदै । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।