मतदानका क्रममा दिनभर २३ ठाउँमा गोली चल्यो, १ सय २२ पटक हवाइ फायर

 मंसिर ४, २०७९ आइतबार १९:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – मतदानका क्रममा भएका अवाञ्छित गितिविधि रोक्ने क्रममा २३ भन्दा धेरै ठाउँमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ११ वटा जिल्लाको २३ ठाउँमा एक सय २२ पटक भन्दा धेरै हवाइ फायर गरेको विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतपेटिका फुटाउने, मतपेटिका लुट्न खोज्ने, जबरजस्ती मतदान केन्द्रभित्र प्रवेश गर्न खोज्ने लगायतका गतिविधि भएपछि खराब अवस्था आउन नदिन हवाइ फायर गर्नुपरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया