मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।
आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएकाे उहाँको भनाइ छ ।
यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।