साेलुखुम्बु र खाेटाङमा ४८ प्रतिशत मत खस्याे

 मंसिर ४, २०७९ आइतबार २३:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्वि हिमाली जिल्ला साेलुखुम्बु र खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । दुवै जिल्लामा ४८/४८ प्रतिशत मत खसेकाे दुवै जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

खाेटाङका मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको प्रारम्भिक तथ्यांक अनुसार कूल मतदाताको आधाभन्दा कम मत खसेको हो । खोटाङमा कुल एक लाख ४२ हजार ७९२ मतदाता थिए । खसेको मतको प्रारम्भिक तथ्यांकमा केही तलमाथि हुनसक्ने खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबावु पुरीले बताउनुभयो । जिल्लाका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रबाट मतदाताले भोट हालेका छन् ।

यस्तै, साेलुखुम्बुमा ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । आठ वटा पालिका तह रहेको जिल्लामा जिल्लामा कूल ८१ हजार ५ सय २ जना मतदाता थिए । प्रतिशतको हिसाबले सबै भन्दा बढी लिखुपिके गाउँपालिकामा ५३ दशमलव ४ र सबै भन्दा कम खुम्बु पासाङ ल्हामुमा ४४ दशमलव २१ प्रतिशत मत खसेको छ ।

 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया