कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता

 मंसिर ४, २०७९ सोमबार ५:९:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गर्नुभएको छ । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।

त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिनुभएको हो । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया