श्रेयस अय्यरकाे रेकर्ड ताेडियाे, लखनउले ऋषभ पन्तलाई २७ कराेड ...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाण्डाै महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेकाे जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।
चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।
मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । त्यस क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।
यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी यमि भट्टराई), नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।