गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

 मंसिर ५, २०७९ सोमबार ६:११:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

गाेरखा - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन भइरहेकाे छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका गएराति नै सदरमुकाम ल्याइसकिएको छ । 

क्षेत्र नं १ का मतपेटिका सदरमुकाममा रहेकाे जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ । क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ । क्षेत्र नं २ को लक्ष्मी बजारमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने यस क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया