काठमाण्डौमा गएराति भएका दुर्घटनामा दुई जनाको ज्यान गयो

 मंसिर ५, २०७९ सोमबार ७:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का २५ वर्षका छिरिङ शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छिरिङको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।

यस्तै, काठमाण्डौकै बालाजुमा गएराति भएको दुर्घटनामा एक जना पैदलयात्रुको ज्यान गएको छ। बालाजुको गङ्गाहल नजिकै गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदल हिँडिरहेका एक जना पुरुषको ज्यान गएको हो।

उनको परिचय र ठेगाना खुल्न बाँकी छ। मोटरसाइकलका चालक पनि भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया