बैतडीमा मत पेटिका पुर्याएर फर्किँदै गरेकाे जीप दुर्घटना हुँदा तीन जना प्रहरीकाे ज्यान गयाे

 मंसिर ५, २०७९ सोमबार ८:२८:२८ | रासस
unn.prixa.net

बैतडी - बैतडीमा मत पेटिका पुर्याएर फर्किँदै गरेकाे जीप दुर्घटना हुँदा तीन जना प्रहरीकाे ज्यान गएकाे छ ।  दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोलामा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो । 

मत पेटिका पुर्याएर फर्किँदै गरेको नेपाल प्रहरीकाे टोली रहेकाे जीप दुर्घटना हुँदा तीन जना प्रहरीको घटनास्थलमै ज्यान गएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

उहाँले दुर्घटनामा घाइते भएका अन्यकाे उद्धार भइरहेकाे जानकारी दिनु भएकाे छ ।  

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

तस्बिर : जयराज अवस्थी 
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया