दार्चुलामा आज बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी

 मंसिर ५, २०७९ सोमबार १६:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा आज बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

जिल्लाका । १३९ मतदान केन्द्रको मतपेटिका मतगणना स्थल महेन्द्र नमुना माविमा आइपुगेकाले बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सम्म जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ को सिना क्षेत्रको मतपेटिका मतगणना स्थलसम्म ल्याइसकिएको छैन । 

बेलुकासम्म सबै मतपेटिकाहरू जिल्ला सदरमुकाम ल्याइसक्ने भएकाले बेलुकीदेखि नै मतगणना सुरु गर्ने तयारी छ । 

दार्चुलामा ६५  प्रतिशत मत खसेको छ । जिल्लाभर ८९ हजार १५४ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया