हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

 मंसिर ५, २०७९ सोमबार १८:५३:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

डोल्पा - डोल्पाका  ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको मतपेटिका मात्र सदरमुकाम पुगेको छ ।

जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।

बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।

भौगोलिक रूपमा विकट भएकाले तीन वटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ ।

भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरू समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्‍याइएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया