ताप्लेजुङमा तीन दिन पैदल मार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

 मंसिर ५, २०७९ सोमबार १९:१:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

ताप्लेजुङ - ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेर मात्र ल्याइने भएको छ ।

सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदल मार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो, 'इलाडाँडामा चारवटै मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन्छ । त्यहाँबाट गाडीमा मङ्गलबार बेलुकी आइपुग्छ ।'

एक सय १९ वटा मतदान केन्द्रको मतपेटिका आज मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा ल्याइपुर्‍याएको छ । जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ ८८ हजार दुई सय ८५ वटा मतदाता छन् ।

सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया