नेकपा एसका प्रवक्ता खतिवडा सुरुवाती मतगणनामा तेस्राे स्थानमा

 मंसिर ५, २०७९ सोमबार १९:३७:५६ | सुमित्रा कोइराला
unn.prixa.net

फाइल तस्बिर

उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ ।  

अहिलेसम्म एक हजार तीन सय ७५ मतगणना हुँदा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले छ सय ९२ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई स्वतन्त्र उम्मेदवार रामकुमार राईले चार सय ९६ मतसहित पछ्याइ रहनुभएकाे छ । 

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले एक सय एक मत प्राप्त गर्नुभएकाे छ । उहाँ नेकपा एसकाे प्रवक्ता पनि हुनुहुन्छ । 

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनिल श्रेष्ठले एक सय ११ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया