ललितपुर–२ : दुई हजार चार सय मतान्तरसहित एमालेको अग्रता कायमै

 मंसिर ५, २०७९ सोमबार २०:४४:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो मतान्तर बढाएको छ ।

आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ ।

कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन छ हजार चार सय ८६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले छ हजार ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले चार हजार नौ सय ५८ मत पाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया