लमजुङमा माओवादीभन्दा एमाले ४ सय २१ मतले अगाडि

 मंसिर ५, २०७९ सोमबार २०:५९:१७ | रासस
unn.prixa.net

लमजुङ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा माआवादी केन्द्रका  उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ ४ सय २१ मतले अघि रहनुभएको छ । ४ हजार ९०४ मतगणना हुँदा यति मतले निर्वतमान मुख्यमन्त्री गुरुङले सुरुवाती अग्रता लिनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले २ हजार ५९८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले २ हजार ८७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गर्नुभएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ । 

जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रदेश ‘१’ मा एमालेका जमिन्द्रमान घलेले तीन सय ७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा टकराज गुरुङले पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश ‘२’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले एक हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले सात सय २८ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया