आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर, २६ कराेड ७५ ...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना काभ्रेपलाञ्चोकमा आज राति साढे एघार बजेदेखि सुरु भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
सदरमुकाम धुलिखेलमा रहेकाे शैक्षिक तालिम केन्द्रमा प्रतिनिधिसभा क्षेत्र नं २ बाट मतगणना सुरु भएको हो । उम्मेदवारसहित प्रतिनिधिसभा क्षेत्रस्तरीय राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा सोमबार दिउँसो सम्पन्न बैठकले साँझ छ बजे मतगणना सुरु गर्ने निर्णय गरेको थियो । तर सोही स्थानमा अर्को एक गणनास्थलको तयारी भएपछि मतगणना सुरु हुन पाँच घण्टा ढिला भएको हो ।
बैठकले पहिलो चरणमा प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ र दोस्रो चरणमा प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना गर्ने निर्णय गरेको हो । मतगणना वडागत रुपमा गरिनेछ ।
यस्तै, काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना राति ११ बजेदेखि पनौती नगरपालिकाको सभाकक्षमा मतगणना सुरु गर्ने निर्णय भए पनि मतगणनास्थल थप व्यवस्थित बनाउनुपर्ने भएकाल मङ्गलबार बिहानदेखि मात्रै सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसअघि पनि दुवै क्षेत्रका मतगणनास्थलमा तालजाली एवं सिसिटिभी क्यामरा जडान गरी व्यवस्थित गरिएको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिर प्रदेशसभाका छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लाका एक लाख ५७ हजार ९४७ पुरुष, एक लाख ५२ हजार ११४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदातामध्ये एक लाख ८६ हजार ९३५ जनाले मतलान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।(((
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।