सप्तरी : क्षेत्र न. २ मा सिके राउत फराकिले मतले अगाडि, १ मा जसपा नेपाल र ३/४ मा कांग्रेसकाे अग्रता

 मंसिर ५, २०७९ मंगलबार २:१:५ | रासस
unn.prixa.net

सप्तरी – प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाउनुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले आठ हजार ४२० मत प्राप्त गर्नुभएको छ । अघिल्लाे चुनावमा त्यही क्षेत्रबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले तीन हजार ६३३ मत ल्याउनु भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले एक हजार ६३० मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १४ हजार ७६७ मतगणना भएकोमा ७७७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 

यसैगरी जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जसपा नेपालका नवलकिशोर साह एक हजार ६२० मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका रामदेव साहले एक हजार ३८५ मतका साथ पछ्याइरहनुभएको छ । सुरुवाती मतगणनामा अघि देखिनुभएका जनमत पार्टीका जयकान्त राउतले ७५५ मत प्राप्त गर्नुभएको छ । 

सप्तरीको क्षेत्र नं ३ मा कांग्रेसका दिनेशकुमार यादवले एक हजार ९२४ मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी एमालेका ताराकान्त चौधरीले एक हजार दुई मत र जनमत पार्टीका अनिस अन्सारीले ४७७ मत प्राप्त गर्नुभएको छ ।

सप्तरीको क्षेत्र नं ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले ३९४ प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ ।  यहाँ जसपाका बालकिशोर यादवले २१५ र जनमत पार्टीका सुकदेवप्रसाद साहले २०० मत ल्याउनुभएको छ ।(((

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया