चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार १३:५८:२० | रासस
unn.prixa.net

चितवनमा - चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अगाडि हुनुहुन्छ । उहाँले ६ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गर्नुभएको छ । 

यस्तै,नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ ।

 यस्तै, क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ ।  ९ हजार पाँच सय ८० मत गणना हुँदा उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।  

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २ हजार ७ सय ९२  मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी क्षेत्र नं ३ मा  राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गर्नुभएको छ । उहाँले ३ हजार ६ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा. ‍‍भोजराज अधिकारीले ३ हजार दुई सय ८२ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३ हजार दुई सय ७४ मत प्राप्त गर्नुभएको छ, भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ७ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया