उदयपुर २ मा एमालेका रायमाझी विजयी

 मंसिर ६, २०७९ मंगलबार २०:२२:५० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएकाे छ । 

रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयाे । 

यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगाेल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया