चीनसँग भएको 'बीआरआई' समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्ट...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – ललितपर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ क मा नेकपा एमालेका मधुसुदन पौडेल विजयी हुनुभएको छ ।
पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले आठ हजार छ सय ५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका हुमा पाण्डेयले तीन हजार तीन सय ८९, नेमकिपाका बुद्ध लामाले एक सय ९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले एक सय ५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गर्नुभयो । साथै, चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत प्राप्त गर्नुभएको छ ।
कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो ।
वि.स. २०७० को संविधानसभाको चुनावमा पौडेल र दाहाल ललितपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि एमाले र माओवादीका तर्फबाट उम्मेदवार थिए । त्यसबेला कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले संविधानसभा सदस्यका लागि जीत हासिल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।