‘सङ्घीय राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्ने हामीले अरू के क...
मंसिर ९, २०८१ आइतबार
म्याग्दी – म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली सुविन विजयी हुनुभएको छ ।
जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले ९ हजार ४५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले ९ हजार ३५३ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।