इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकियाे

 मंसिर ७, २०७९ बुधबार ७:५०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इलाम - इलाम क्षेत्र नम्बर–१ को मतगणना रोकिएको छ । मतपेटिकाको सिलको विषयमा विवाद भएपछि गएराति १२ बजेदेखि गणना रोकिएको हो । मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।

‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौँ, रुजु गराएका हौँ तर मतपेटिका खोलिसकेपछि प्रदेश सभाका एक उम्मेदवार आएर यो रुजु विना नै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भन्नुभयो ‘त्यसपछि वातावरण केही खलबलिँदा सहमतिका लागि छलफल हुन सकेन ।’

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया