योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

 मंसिर ७, २०७९ बुधबार ११:११:३६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - नेकपा एमालेका सचिव योगेश भट्टराई र गठबन्धन तर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको कडा प्रतिस्पर्धा देखिएको छ ।

गठबन्धनका खेलप्रसाद बुढाक्षेत्रीले १७ हजार ७१३ मत प्राप्त गर्नु भएको छ भने सचिव भट्टराईले १७ हजार ६२२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर ९१ मात्र रहेको छ ।  

अहिले सम्ममा ३८ हजार ८ सय १७ मत गणना भएको छ  भने ९ हजार ५५५ मत गर्न बाँकी छ ।  

दुईवटा ठाउँ बनाएर मतगणना गरिँदै छ । दुवैमा प्रतिनिधि सभाको मत गणना गरिँदै गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ जिल्लामा ८८ हजार २८५ मतदाता रहेकोमा  प्रतिनिधि प्रत्यक्षतर्फ ४८ हजार ३७२ मतखसेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया