गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकको संख्या बढ्यो, एकै दिनमा ८७ जना भित्रिए

 असोज १९, २०७५ शुक्रबार १०:४१:४५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – गएका वर्षको तुलनामा यसवर्ष गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ । मासिक २ सयको अनुपातमा भित्रिने गरे पनि पछिल्लो समय यो नाकाबाट एकैदिनमा झण्डै ८७ जना पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०१८ को सेप्टेम्बरमा २ सय १५ जना विदेशी पर्यटक भित्रिएकोमा अक्टोबरको ४ तारिकसम्म १ सय १२ जना पर्यटक गड्डाचौकी नाकाबाट भित्रिएको अध्ययागमन कार्यालय गड्डाचौकीले जनाएको छ । 
यसरी भित्रिने पर्यटकहरुमा युरोप, अष्ट्रेलिया, पोल्याण्डलगायतका देशका नागरिक रहेका छन् ।

नेपाल सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यससँगै पर्यटन वर्षको प्रचारप्रसारका लागि विभिन्न ट्राभल्स एजेन्सीहरुले टुर प्याकेजका रुपमा पर्यटकहरु भित्र्याइ रहेका छन् । 

पर्यटन वर्षको प्रचारप्रसारका लागि भन्दै मल्ल ट्राभल्सले एकैदिनमा ८७ जना पर्यटकलाई गड्डाचौकी नाकाबाट नेपाल भित्र्याएको अध्ययागमन कार्यालय गड्डाचौकीका निमित्त प्रमुख पदमराज भट्टले बताउनुभयो । 

यसरी भारतको विभिन्न ठाँउ घुमेर गड्डाचौकी हुँदै नेपाल भित्र्एिका पर्यटकहरुको रोजाई  बर्दियाको ठाकुरा, पोखरा, काठमाडौं र चितवन परेको भट्टले बताउनुभयो । 

गड्डाचौकी नाकाबाट सन् २०१८ को हालसम्म २ हजार २ सय २१ जना पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१७ मा २ हजार ७ सय ४५ पर्यटक नेपाल भित्रिएका थिए । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया