मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : अध्यक्ष ओली

 मंसिर ८, २०७९ बिहिबार १७:३२:३ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकमा रहेकाे निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्ताे बताउनुभएकाे हाे । 

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले देशमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार चुनावकाे परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

उहाँले अबको एक/दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । यो चुनाव परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको उहाँले तर्क गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • दामोदर गौतम

    Nov. 24, 2022, 5:37 p.m.

    आखिर मिलेरै सरकार बनाउन पर्ने रैछ भने के कारणले गर्दा २ पटक संसद भंग गरेको त पहिले बरु लुडो खेलाएको भए नेपालको पैसा त बच्थ्यो यिनै बुढाहरु प्रधानमन्त्री बन्नेभए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया