झलनाथ खनालको निर्वाचन क्षेत्रमा मतगणना पुनः सुरु

 मंसिर ८, २०७९ बिहिबार १८:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – इलाम क्षेत्र नम्बर १ मा रोकिएको मत गणना पुनः सुरु भएको छ ।

विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट सहमति भएपछि पुनः मतगणना सुरु भएको हो । एकीकृत समाजवादीका झलनाथ खनालको उम्मेदवारी रहेको यो क्षेत्रमा प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

सहमति पत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन र  स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । 

तर सर्वदलीय बैठकमा सहभागी भएको एकीकृत समाजवादीका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया