कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

 मंसिर ८, २०७९ बिहिबार २०:५९:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् ।

कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे हाे ।  

कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै माइला निकट समूहले नाराबाजी गरेको बताइएको छ ।

कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले दिउँसो फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेकाे दाबी गर्नुभएकाे छ । 

कास्कीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि कांग्रेसले उम्मेदवार उठाएकोमा कास्की २ (ख) का उम्मेदवार विन्दु थापाले जित्नुभएकाे छ । क्षेत्र नम्बर ३ (ख) मा एकाले उम्मेदवार राजीव पहारीले कांग्रेस उम्मेदवार प्रकाश बराललाई पछि पार्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया