पश्चिम नवलपरासी-१ 'ख' मा कांग्रेसका पाठक विजयी

 मंसिर ८, २०७९ बिहिबार २३:४८:४५ | रासस
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं १ को प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ । उहाँ १५ हजार चार सय ३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाठकका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पूण्यप्रसाद उपाध्याय पौडेलले १३ हजार तीन सय १६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनीतकुमार मिश्रले पाँच हजार चार सय ४१ तथा जनमत पार्टीका कन्हैया चौधरीले तीन हजार पाँच सय दुई मत प्राप्त गर्नुभयो ।  पश्चिम नवलपरासी–१ को प्रदेशसभा 'ख' को मतगणना जारी छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया