सर्लाही–२ को 'क' मा कांग्रेसका जंगीलाल विजयी

 मंसिर ८, २०७९ शुक्रबार २:२०:५७ | रासस
unn.prixa.net

सर्लाही – सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा क मा नेपाली कांग्रेसका जङ्गीलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल साहलाई पराजित गर्नुभएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले सात हजार दुई सय १४ मत पाउनुभयो । रायले एक हजार ७६ मतान्तरले साहलाई पराजित गर्नुभएको हो । 

यस्तै जनमत पार्टीका उम्मेदवार भरत चौधरीले छ हजार छ सय ४३ मत ल्याउनुभयो । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ख तथा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया