रुपन्देही-२ को 'ख' मा एमालेका श्रेष्ठ विजयी

 मंसिर ८, २०७९ शुक्रबार २:४०:२१ | रासस
unn.prixa.net

रुपन्देही – रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो । 

श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गर्नभएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।

यो क्षेत्रमा ४० हजार एक सय ५८ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया