नवलपरासी–२ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी : कांग्रेसका देवेन्द्रराज कँडेल पराजित

 मंसिर ९, २०७९ शुक्रबार ९:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतान्तरले हराउनुभयो ।

प्रधानले ३४ हजार ७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभयो ।

राप्रपाले अहिलेसम्म ५ क्षेत्रमा जितेको छ । झापा ३–मा राजेन्द्र लिङ्देन, मकवानपुर १– मा दीपकबहादुर सिंह, बाँके २ – मा धवल शम्शेर राणा र जुम्लामा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) निर्वाचित हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया