पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण

 मंसिर ९, २०७९ शुक्रबार १६:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २७ जनामा झरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया