दलप्रति नागरिककाे वितृष्णा बढ्यो : अध्यक्ष केसी

 मंसिर ९, २०७९ शुक्रबार १७:३५:६ | रासस
unn.prixa.net

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर ४ गते सम्पन्न चुनावमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो । 

आज शुक्रवार मुख्य निर्वाचन कार्यालय बाग्लुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरामुक्त नभएको बताउनुभयो । 

उहाँले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनावमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आफूलाई निर्वाचित बनाउने बाग्लुङका जनतालाई धन्यवाद दिँदै बाग्लुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया