जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

 मंसिर ९, २०७९ शुक्रबार १८:४९:४१ | रासस
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज शुक्रवार आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले देशको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर पनि गर्नुभयाे । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो । 

अध्यक्ष ओलीले चुनावकाे निष्पक्षतामा प्रश्न गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयो । 

झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाको वडा नम्बर ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उहाँ सीमावर्ती गौरीगञ्जसम्म पुग्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया