प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु : चौधरी

 मंसिर ९, २०७९ शुक्रबार २१:३:२७ | रासस
unn.prixa.net

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ ।

बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उहाँको भनाइ थियो ।

‘चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिबद्धतालाई केवल चुनावी प्रतिबद्धतामा मात्रै सीमित हुन दिन्न,’ चौधरीले भन्नुभयो, ‘जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु ।

‘मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिइ नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उहाँको भनाइ थियो । ‘यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया