सिरहा–२ मा राजकिशोर यादव विजयी

 मंसिर ९, २०७९ शनिबार ३:३६:१० | रासस
unn.prixa.net

काठमाण्डाै - सिरहा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा १ हजार १ सय ५० मतान्तर रहेको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया