सुनसरी ४ को मतगणना भाेलि बिहान ८ बजेसम्मका लागि राेकियाे

 मंसिर १०, २०७९ शनिबार १८:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना भाेलि (आइतवार) बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ । 

सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो । मतगणनाका क्रममा हुँदै नभएको ६ सय ६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ७१ मतले अगाडि हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया