इलाम–२ (क) बाट कांग्रेसका गिरी निर्वाचित

 मंसिर १०, २०७९ शनिबार २१:५९:१० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलाम-२ काे क बाट नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो ।

गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहनु भएको थियो । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया