मोरङ-१ मा कांग्रेसका लिम्बू विजयी

 मंसिर १०, २०७९ शनिबार २२:१५:५१ | रासस
unn.prixa.net

मोरङ – मोरङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार लिम्बूले २७ हजार २९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी हुनुभएको छ । उहाँले १३ हजार ५३१ मत प्राप्त गर्नुभयो भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  नेकपा माओवादी केन्द्रका कुशल साम्वाले १० हजार ४ मत प्राप्त गर्नुभयो । 

यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले १४ हजार ५३९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया