भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

 मंसिर ११, २०७९ आइतबार ६:१४:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौँथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । 

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नम्बर क्षेत्रबाट ३२ हजार ९ सय ४ र क्षेत्र नम्बर २ बाट ७ हजार ८ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार ७ सय ६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा ‘ख’ को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट ८ हजार १ सय ९४ र क्षेत्र नम्बर २ बाट १७ हजार ८ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७ सय ६९ र रास्वपाले २३ हजार ६ मत ल्याइ क्रमशः तेस्रो र चौँथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नम्बर १ बाट ८ हजार ८ सय ७५ र क्षेत्र नम्बर २ बाट १४ हजार ८ सय ९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नम्बर १ बाट ११ हजार ११० र क्षेत्र नम्बर २ बाट ११ हजार ८ सय ९६ मत प्राप्त गरेको छ । 

यस्तै राप्रपाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नम्बर १ बाट ५ हजार ९ सय ३ र क्षेत्र नम्बर २ बाट ५ हजार ४ सय ८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट १ हजार ३ सय ६७ र क्षेत्र नम्बर २ बाट ५ हजार ४ सय ८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा एकिकृत समाजवादीले २ हजार १ सय ५२ मत प्राप्त गरेको छ

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया