महोत्तरी-१ (क) : प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित

 मंसिर ११, २०७९ आइतबार ९:१३:५७ | सुनिता महताे
unn.prixa.net

महोत्तरी - नेकपा एमालेकी नेतृ शारदादेवी थापा दोस्रो पटक महोत्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ। थापा ८ हजार ३ सय ४ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ।

त्यस्तै उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पीताम्बर महतोले ७ हजार ५ सय ८४ मत ल्याउनु भएकाे छ । थापाले महतोलाई ७ सय २० मतान्तरले पराजित गर्नु भएकाे हाे । 

२०७४ सालमा सम्पन्न भएको चुनावमा नेतृ थापा यही पार्टीबाट निर्वाचित हुनुभएकाे थियाे । 

 

अन्तिम अपडेट: चैत १३, २०८०

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया