काठमाण्डाै उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी

 मंसिर ११, २०७९ आइतबार १९:५२:५७ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो । 

खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई  मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ । 

यस ठाउँकाे एक पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन् । उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ । तीनैवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशङ्का रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया