विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी

 मंसिर १३, २०७९ मंगलबार १८:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी हुनुभएकाे छ ।

अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याउनुभयाे । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभयाे । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयाे । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएकाे छ ।

यसअघि २०७० र २०७४ काे चुनावमा चाैधरीलाई झिनाे मतले पराजित गर्नुभएका गच्छदार यस पटक भने आफू पराजित हुनुभयाे ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया